Skip This

यी परिवारको पिडाको अघि सबैको पिडा कमै लाग्छ , यिनै हुन् तातो तेलमा परि घाईते भएका २ बर्षका शिशिर खड्का ( भिडियो सहित )

गत असारको ३ गते प्युठानका २ बर्षका शिशिर खड्का साथीहरुसंग खेलिरहेका बेला गाउमा मान्छे मरेको काज क्रियाको बेलामा भोजनको लागि पुरी पकाईरहेका तातो तातो तेलमा परि एक्कासी घाइते भएका हुन् । मघ्यम परिवारको घरको सानो अनि दोश्रो छोरा २ वर्षका शिशिर त्यस्तो हुदा आमा पनि लिन गएकी थिएन र बाबा कामको शिलशिलामा ईन्डियामा रहदै आईरहेका थिए । पानी लिन गएकी आमा फर्केर आउंदा छोरालाइ  त्यो अवस्था देखेर मुर्छा परेर ढलिन् र  भारतमा रहेका शिशिरका बुवा खबर थाहा पाउने बित्तिकै घर फर्के । 

                                 

हाल काठमाडौँको किर्तिपुरमा डेरा बसिरहेका शिशिरका आमा बुबा र शिशिरको अवस्था निकै माया लाग्दो रहेका छन । केहि दिन अघि बाबु शिशिरलाइ भेट्न जादा आखाबाट आशु जति चाहेपनि रोक्न सकिएन । निकै कलिलो उमेर,खाने ,सुत्ने,खेल्ने उमेरमा शिशिर यतिबेला कोठाको चार कुनामा आफ्नो पिडा संग रुमाली रहेका छन । हाल सम्म करिब १२ लाख भन्दा माथि उपचारको लागि खर्चिसकेको शिशिर आमा बुबा भन्छन छोरा ठिक भए हुने , यता छोराको पिडा उता ऋण लिएर ब्याजमा लिएको पैसा पनि सकिसक्यो अब कसरि उपचार गर्ने भन्ने चिन्ता । साचिकै अवस्था हेर्दा लाग्छ यस्तो पिडा त् दुश्मनलाइ पनि नपरोस ।  

 

                              

 

अहिले केहि बहुत कहिँ कतै बाट सानो सानो सहयोगी मनहरुले आफ्नै पिडा सम्झेर केहि सक्दो सहयोग हरु पठाई रहेको पनि शिशिस्रको बुबाले जानकारी दिएका छन भने उनले अझ सक्ने हरुले सक्दो सहयोग गरिदिन हुन आग्रह समेत गरेका छन् । यदि तपाई पनि सहयोग गरि यो अबोध बालकलाइ पुन नया जीवन दिन चाहनु हुन्छ र आफ्नै परिवारको दुख सम्झेर सहयोग गरि यी पीडितका आमा बुबालाइ समेत खुसि देख्न चाहनु हुन्छ भने कृपया सक्दो सहयोग गरिदिनु हुन् अनुरोध गर्दछौ ।

सहयोगका लागि-
राष्ट्रिय बाणिज्य बैंक
राजु खड्का
खाता नँ- ११७००२९१६८१०
शिशिरको बुवाको नँ- ९८६८२८०६३४ 
तथा यस समाचार पढी यस अन्लाईन खबर मार्फत सहयोग पठाउनु चाहनु हुन्छ भने लक्ष्मी धिमाल ९८६००२७८३१ मा सम्पर्क गर्न सक्नु हुनेछ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

एउटी आमा जो आफ्नै सन्तानलाइ डस्टबिनमा फाले र अर्कि आमा जो आफ्नै सम्झी पाले...(भिडियो सहित )

  • ७ फाल्गुण, २०७५

करिब ६ महिनाअघि धार्मिक स्थल पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए्को थियो । उक्त बच्चा्लाइ काठमाण्डौको काठमाण्डौ  कुसुम्ती

१७ बर्षीय पत्रकारले रबि लामिछाने सहि र सावित्री सुवेदी गलत भन्दै मिडियामा आए....

  • २ फाल्गुण, २०७५

१७ बर्षिय सुरेश तिमिल्शिना अर्थात् नेपालको  कान्छो पत्रकार । जो यतिबेला विभिन्न युट्युब च्यानलहरुमा आफुलाई नेपालकै कान्छो पत्रकारको रुपमा