Skip This

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको उद्घाटन अभिनेत्री खुश्बु खड्कासँगै, काठमाडौं महानगरपालिका वाड नंं २ अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, समाजसेवी हिराकाजी श्रेष्ठ, एमपी भुसाल, बिक्रम बिष्टलगायतले रिवन काटेर गरेका थिए । कार्यक्रममा अभिनेत्री खुश्बु खड्काले देशमा सक्षम नागरिक उत्पादनका लागि मन्टेश्वरी शिक्षाको भुमिका महत्वपुर्ण हुने बताइन । वडा अध्यक्ष श्रेष्ठले बालबालिकाको बिकाशका लागि मन्टेश्वेरीले खेल्ने भुमिकाको चर्चा गरे । व्यक्तिगत, पारिवारिक र संस्थागत रुपमा शिक्षा मात्र नभई संरक्षण, पोषण र स्याहार सुसारको वातावरणमा शिक्षा दिनुपर्छ भन्ने उद्देश्यका साथ आफुले मन्टेश्वरी सञ्चालनमा ल्याएको मन्टेश्वरीका संचालक रुश्मी गुरुङले बताइन् । अभिभावकहरु व्यस्त हुँदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाई रहेको थियो । उद्घाटन कार्यक्रममा बिभिन्न गीतसङ्गीतका साथै आकर्षक नृत्यहरु समेत रहेका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्मपन्न

  • २७ माघ, २०७५

नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका

छिरिङ्ग डोल्मा शेर्पाले जितिन मिसेस नेपाल टुरिजम २०१९ को ताज

  • २३ माघ, २०७५

स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा छिरिङ्ग डोल्मा शेर्पा मिसेस नेपाल टुरिजम २०१९ को