Skip This

मिस एण्ड मिसेज व्यूटिफुल २०१९ सम्पन्न

दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मिृती पोख्रेलले उपाधी चुमेका छन् ।राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’समेत प्राप्त गरिन । प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुची पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप हुन सफल भए भने मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन ।

                                         

मिसेस तर्फको फस्ट रनरअपमा ज्योती पोख्रेल सेकेण्ड रनरअपमा ओविका बेल्वासे भईन भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किनको टाईटल हात पार्न सफल भईन । प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ नायक सरोज खनाल, बरिष्ठ गायक आनन्द कार्की, नायक रमेश उफ्रेती, म्युजिक कम्पोजर एवम् नेपालकी पहिलो महिला सङ्गीतकार रेखा पौडेल, डा.सुशिला मल्ल, कलाकार सरिता गिरी तथा हेमाङ्ग राज गिरी रहेका थिए । कार्यक्रममा आफ्नो क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ व्यक्तित्वहरु चर्चित कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बास्कोटा, व्यबसायी रुपक शर्मा पोख्रेललाई दक्ष ईन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो ।

 

                                        

 

कार्यक्रमका प्रमुख अतिथी काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गी र बिशेष अतिथी बरिष्ठ कलाकार किरण केसी ‘रातामकै’ तथा दक्ष ईन्टरनेशनलका अध्यक्ष टेक राज पाण्डेले सम्मानित व्यक्तित्वहरुलाई सम्मान अर्पण गरेका थिए । कार्यक्रममा पेजेन्ट नेपालले तयार पारेको उत्कृष्ट डिजाइनहरु प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्मपन्न

  • २७ माघ, २०७५

नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका