Skip This

शान्ति लिम्बूले जितिन मिसेस ब्यूटी क्वीनको उपाधि


मिसेस ब्यूटी क्वीनको उपाधि शान्ति लिम्बूले चुमेकी छन् । सिजन मिडियाको आयोजनामा भएको ‘मिसेस ब्यूटी क्वीन २०७५’को ताज काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले पहिरेकी हुन् । कमलादीस्थित प्रज्ञा भवनमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट २२ प्रतियोगीलाई पछि पार्दै मिस लिम्बूले ताजसँगै ‘पर्सनालिटी अवार्ड’समेत हात पार्र्न सफल भएकी छन् ।

 

उनले सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै सफल भएकी थिइन । उनले ‘मेरो विचारमा सफल वैवाहिक जीवनमा आपसी समझदारी, एकअर्काको स्तन्त्रताको सम्मान, विश्वास, माया, एक अर्काको हरेक कुरामा सहकार्य, यो कुराको कमी भयो भने वैवाहिक जीवनमा हिंसाको बास हुनसक्छ’ भनेकी थिइन । यही जवाफले आठ निर्णायकको मन जितेर उनले ताज पहिरेकी सफल भएकी छन् । उनलाई अघिल्लो बर्षकी बिजेता सदिक्षा अर्यालले ताज लगाइदिएकी थिइन् ।

                                               

 

सिजन मिडियाको आयोजना रहेको प्रतियोगिमा ज्ञानेश्वरकी ३० वर्षीया मनिषा विमली फष्टरनर अप र सानो भ¥याङ्की ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनरअप चुनिए । त्यस्तै थर्डरनरअप पार्वती खत्री, फोर्थ रनरअप विजया काफ्ले घोषित हुँदा प्रमिला मण्डारी, कल्पना आचार्य, मेनुका श्रेष्ठ, समेनु वराल र अम्विका थापा क्रमश पाँचौ, छैठो, सातौ, आठौ र नवौं रनरअप भए । विवाहित महिलाको प्रतिभा निखार्दै क्षेमता अभिबृद्धी गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्थामा प्रमुख प्रदीप राज वन्तले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

निश्चलको ‘फर्गो’ सार्वजनिक

  • १ फाल्गुण, २०७५

युवा लेखक निश्चल मल्लले अंग्रेजी भाषामा लेखेको उपन्यास ‘फर्गो’ सार्वजनिक भएको छ । मंगलबार अभिनेत्रीहरु ऋचा शर्मा, सुरक्षा पन्त, लेखक सुविन

सञ्चालनमा आयो ‘मिनी किड्स मन्डेश्वरी’ ...

  • २७ माघ, २०७५

सरस्वती पुजाको अवसर पारेर ‘मिनी किड्स मन्डेश्वरी’ सञ्चालनमा आएको छ । ‘मिनी किड्स मन्डेश्वरी’ रश्मी गुरुङले सञ्चालनमा ल्याएकी हुन् । जसको

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्मपन्न

  • २७ माघ, २०७५

नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका